मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपराध जर्बजस्ती करणी प्रयास, सजाय उठ-बस

अपराध जर्बजस्ती करणी प्रयास, सजाय उठ-बस


चितवन । चितवनको भरतपुर–२१ तथा साविक गीतानगर–७ मा गत पुस २० गते भएको जबर्जस्ती करणी प्रयासको घटनालाई गाउँमै मिलाइएको छ । 
 
घटना गुपचुप रुपमा गाउँघरमै मिलाइए पनि गाउँका अगुवाले यस घटनालाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । प्रशासनले घटनासम्बन्धी जानकारी पाएपछि प्रहरी र महिला तथा बालबालिका कार्यालयले गम्भीर चासो जनाएको छ । घटना अहिले अनुसन्धान तहमा आइपुगेको छ ।
 
गीतानगरका स्थानीय १८ वर्षका मंगल ब्लोनले गत पुस २० गते दिउँसो ४, ५ जना बालबालिका खेलिरहेको ठाउँमा स्थानीय ५ वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले आरोपितलाई पुस २२ गते शुक्रबार गिरफ्तार गरेको छ । गाँउलेले युवालाई सजाय भन्दै सानो कट्टुमात्र लगाउन लगाइ कुखुरा बनाइ उठबस गराएका थिए । 
 
‘घटनाको आरोपितलाई शुक्रबार नै हामीले गिरफ्तार गरी अनुसन्धान थालेका छौँ, चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले भने, ‘घटनाको वास्तविक अवस्था बुझ्ने प्रयास गरिरहेका छौँ ।’ यस घटनामा पीडित पक्षबाट हालसम्म जाहेरी परेको छैन । जाहेरी नपर्नुको कारण गाउँघरको घटना भएको र पीडित डराएको हुनसक्ने प्रहरी प्रमुख थापाले बताए । साथै उनले पीडित पक्षले जाहेरी नदिए पनि प्रहरी प्रतिवेदनको आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइने बताए ।