काठमाडौं। पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गर्दै रोग नियन्त्रणका उपायलाई तीव्र बनाएको छ। विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गर्दै निगरानीसमेत बढाएको जनाएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा संक्रमणको जोखिम बढी देखिएकाले नियन्त्रणका कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ।…