राजनीति-समाज

‘कल बाइसपास’मा संलग्न चारजना पक्राउ

‘कल बाइसपास’मा संलग्न चारजना पक्राउ


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । अवैधरूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी)मा संलग्न चारजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौँ र भक्तपुरबाट भिओआइपी उपकरणसहित उनीहरूलाई पक्राउ गरेको हो ।

गोरखाको अजिरकोटका प्रोसेस गुरुङ, काठमाडौंको शंखरापुरका मुना श्रेष्ठ, कञ्चनपुरको कृष्णपुरका जेनित झुकाल तथा भक्तपुरको सूर्यविनायकका कृष्ण नगरकोटीलाई काठमाडौँ र भक्तपुरबाट पक्राउ गरिएको ब्युरोका प्रवक्ता अनुपमशमशेर जबराले जानकारी दिए ।

Advertisement

प्रहरीले उनीहरूको साथबाट ल्यापटप, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल, ब्याट्री, इन्टरनेट हव, राउटरलगायत सामग्री बरामद गरेको छ ।