‘शान्ति निर्माणका लागि राष्ट्रसंघको नयाँ योजना महत्त्वपूर्ण’

वासिङ्टन । नेपालले संयुक्त राष्ट्रसंघका महासचिवले जारी गरेको शान्तिका लागि नयाँ योजनालाई महत्त्वपूर्ण अवधारणा र अवसरका रुपमा लिँदै शान्ति निर्माण प्रक्रियाका लागि काम गर्न तयार रहेको बताएको छ । राष्ट्रसंघका महासचिवले ल्याएको शान्ति निर्माणका लागि नयाँ योजना विषयक राजदूतस्तरीय छलफल कार्यक्रममा भाग लिँदै राष्ट्रसंघका लागि नेपाली नियोगका प्रमुख राजदूत अमृत राईले उक्त धारणा राखेका हुन्…