समयमै द्रुतमार्ग बन्ने प्रधानमन्त्री प्रचण्डको विश्वास

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै बन्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार मकवानपुरको भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकास्थित राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्ग (फास्ट ट्र्याक)को अवलोकन एवं निरीक्षण गर्दै उनले यस्तो बताएका हुन् । द्रूतमार्गमा बनिरहेको सुरुङको पनि अवलोकन गर्दा काम द्रूतगतिमा भइरहेको पाइएको प्रधानमन्त्री…