मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको पक्षमा निस्केका आवाजबाट सर्तक हुनुपर्ने बताएका छन् ।

उनले हिजोको अवस्थामा मुलुकको विकासका लागि राजसंस्थाले गरेका काम र अहिलेको विकासको अवस्थाका विषयमा पनि समीक्षा गरेर समाजलाई बुझाउनुपर्ने जिम्मेवारी आएको बताए ।

महामन्त्री शर्माले पार्टीलाई उत्पादनमा लगाउनुपर्ने नेताका हरेक पक्षमा साथ दिन जनसङ्गठन र पार्टीलाई क्रियाशील बनाउन आग्रह गरे ।

उनले अहिले केही पुराना र नयाँ दलहरुले मिसन २०८४ का नाममा गरेको कार्यक्रम नेपाली कांग्रेसका लागि जरुरी नभएको बताए । उनले भगवान् बुद्धको आर्शिवाद भएको देशका नागरिक होऔँ भने सङ्कल्पका साथअघि बढ्न र उत्साहलाई लिएर अगाडि बढन पनि आग्रह गरे ।

अब बलियो कांग्रेस बनाउन सबैको सङ्कल्प आवश्यक रहेको भन्दै देश बनाउने सङ्कल्प अब लुम्बिनीबाट सुरु गर्न आह्वान गरे ।