मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

आगामी चुनावमा कांग्रेस एक्लै लड्न अहिलेबाट तयारी थालौँ : डा कोइराला

आगामी चुनावमा कांग्रेस एक्लै लड्न अहिलेबाट तयारी थालौँ : डा कोइराला

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी । नेपाली कांगैेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आमचुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । उनले यसका लागि अहिलेबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

उनले नेपाली कांग्रेस एक्लै चुनाव लड्न एक ढिक्का हुनुपर्नेमा जोड दिंए । उनले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने पनि बताए । नेता कोइरालाले कांग्रेस परिवर्तन भए मात्र देश परिवर्तन हुने बताउँदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्नेमा जोड दिए ।

मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै अवस्था रहेको भन्दै नेता कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताए । उनले कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सृजना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै युवा पलायन रोकेर स्वदेशमै कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

पार्टी केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले पार्टी बनाउन युवाको साथ लिनुपर्ने बताए । उनले गुटबन्दीका कारण सङ्गठन वा देश नबन्ने बताउँदै गुटको पछि भन्दा पनि सङ्गठन वा देशका लागि काम गर्न नेतृत्वलाई आग्रह गरे ।

सम्मेलनमा प्रदेशका सात सय ५० बढी प्रतिनिधिको सहभागिता रहेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य, सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीको सम्मेलनमा सहभागिता थियो ।