युवालाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरूरी : पूर्वप्रधानमन्त्री खनाल

लुम्बिनी । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवा जनशक्तिलाई स्वदेशमै टिक्ने वातावरण सिर्जना गर्नु जरूरी रहेको बताएका छन् । उनले युवालाई स्वदेशमा टिकाउन रोजगारी वृद्धि, औद्योगिकीकरण, कृषि क्षेत्रमा व्यापक सुधार र विकास गर्नुपर्नेमा जोड दिए । पार्टीको समाजवादी जागरण अभियानका क्रममा भैरहवा आएका नेता खनालले आज समाजवादी प्रेस सङ्गठन नेपाल, रुपन्देही शाखाले…