मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागिरहेको बताएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारिकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई…