काठमाडौँ । रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको मृत्यु भएको छ । रुस(युक्रेन युद्धमा उनीहरुको मृत्यु भएको हो ।
परराष्ट्र मन्त्रालयमा प्राप्त सूचनाअनुसार पछिल्लो पटक युद्धमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरीको मृत्यु भएको हो । योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ।
परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो । जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।
रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले चार जना नेपालीलाई कब्जामा लिएका छन् । उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ ।
मंसिर १८ गते मारिएका धादिङका पूर्णबहादुर गुरूङको सम्बन्धमा हालसम्म कुनै पनि आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन । गुरुङको परिवारले भने उनको काजकिरिया गरिसकेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ना भएकामध्ये १०० जना सम्पर्कविहीन रहेको निवेदन प्राप्त भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि नै यो सूचना सार्वजनिक गरिसकेका थिए ।
प्रतिक्रिया