काठमाडौँ । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषय छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । मन्त्रालयले बिहीबार सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको हो । अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी…