नेपाल

विदेश पठाइदिन्छु भन्दै दश करोड ठगी गर्ने लामा पक्राउ, ९९७ राहदानी बरामद

विदेश पठाइदिन्छु भन्दै दश करोड ठगी गर्ने लामा पक्राउ, ९९७ राहदानी बरामद


शेयर गर्नुहोस:

3.1k
Shares

  • change font
  • change font

काठमाडौँ । रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै बेरोजगार युवाहरूबाट १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नं १ बस्ने ४७ वर्षीय श्री स्टार ट्रेनिङ सेन्टरका सञ्चालक लालबहादुर लामा रहेका छन् ।

Advertisement

लामाले सुवास वाईबा, राजेश तुम्सिङ मगर, दावा लामा समेतलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुरजस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी काठमाडौँको महाराजगञ्जमा एसइई स्टार ट्रेनिङ सेन्टर खोली बेरोजगार युवाहरूबाट ५ लाखदेखि १५ लाखसम्म लिएर वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको आरोपमा उनलाई सोमबार शंखमुलबाट पक्राउ गरेको हो ।

पक्राउ पछि प्रारम्भिक अनुसन्धान गर्दा उनले धेरै बेरोजगार युवाहरूबाट १० करोड भन्दा बढी रकम उठाएको र ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद भएको उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।