मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

विदेश पठाइदिन्छु भन्दै दश करोड ठगी गर्ने लामा पक्राउ, ९९७ राहदानी बरामद

विदेश पठाइदिन्छु भन्दै दश करोड ठगी गर्ने लामा पक्राउ, ९९७ राहदानी बरामद

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै बेरोजगार युवाहरूबाट १० करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको कोन्जोसोम गाउँपालिका वडा नं १ बस्ने ४७ वर्षीय श्री स्टार ट्रेनिङ सेन्टरका सञ्चालक लालबहादुर लामा रहेका छन् ।

लामाले सुवास वाईबा, राजेश तुम्सिङ मगर, दावा लामा समेतलाई वैदेशिक रोजगारीका लागि लिथोनिया, क्यानडा, सिंगापुरजस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा पारी काठमाडौँको महाराजगञ्जमा एसइई स्टार ट्रेनिङ सेन्टर खोली बेरोजगार युवाहरूबाट ५ लाखदेखि १५ लाखसम्म लिएर वैदेशिक रोजगारमा पठाउन नसकेको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएको आरोपमा उनलाई सोमबार शंखमुलबाट पक्राउ गरेको हो ।

पक्राउ पछि प्रारम्भिक अनुसन्धान गर्दा उनले धेरै बेरोजगार युवाहरूबाट १० करोड भन्दा बढी रकम उठाएको र ट्रेनिङ सेन्टरबाट ९९७ राहदानी बरामद भएको उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।