अमेरिकी राज्य नर्थ क्यारोलिनामा रहेको नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना (एनसीएनसी) को नयाँ कार्यकारिणी बोर्डमा डाक्टर विकास शाक्यको प्यानलले वर्चश्व कायम गरेको छ । संस्थाको सन् २०२४—२५ को नयाँ कार्यकारिणी बोर्डका लागि भएको निर्वाचनमा डाक्टर शाक्यको प्यानलले जीत हासिल गरेको हो । शाक्यले आफ्ना प्रतिस्पर्धी डाक्टर चिरञ्जीवी भट्टराईलाई १ सय ३९…