मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

उच्च ओहोदामा नियुक्ति दिँदा विदेशी नागरिकता यकिन गर्ने कुरा स्वागतयोग्य : नेता रावल

उच्च ओहोदामा नियुक्ति दिँदा विदेशी नागरिकता यकिन गर्ने कुरा स्वागतयोग्य : नेता रावल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधानविपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहेरनरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएपछि रावलको यस्तो टिप्पणी आएको हो ।

मंगलबार सामाजिक सञ्जालमार्फत रावलले दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री रवि लामिछाने र विदेशी पत्रकारसँग विवाह गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठ बारेमा छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्कीसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबिन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ।’