मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   
मुख्य समाचार   

जारी टि-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया

जारी टि-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया

हिमालय खबर

शेयर गर्नुहोस:

243
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अस्ट्रेलिया जारी टि-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समूह ‘बी’ अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि नामिबियाले पहिला ब्याटिङ गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेहार्ड इरासमसले सर्वाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए ।

नामिबियाको ब्याटिङ धराशायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् । यो जितपछि समूह ‘बी’ मा अस्ट्रेलियाले ३ खेलमा तिनै जित हासिल गरेर ६ अंकसहित शीर्ष स्थानमा छ र अब सुपर ८ मा छनोट भइसकेको छ ।

त्यस्तै, नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौडबाट बाहिरिएको छ । यस समूहबार यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो । समूह ‘बी’ मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने इङ्ल्याण्ड २ खेलमा एक अंकसहित चौथो स्थानमा रहेको छ । एनके