मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय

पूर्वन्यायाधीश गिरीलाई बलात्कार मुद्दामा सात वर्ष कैद सजाय


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबर्जस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमतिबिना शारीरिक सम्पर्क राखेको ठहर गर्दै यो सजाय सुनाएको हो । अदालतले जरिवानाको रूपमा तोकिएको तीन लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरूप प्रदान गरिने छ ।

गिरीलाई यसअघि जेठ १३ गते दोषी ठहर गरिएको थियो । सर्वोच्च अदालतको आदेशले उनी यसअघि नै थुनामा रहेका थिए ।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको सहमतिबिना शारीरिक सम्पर्क राखेको आरोपमा गिरीविरुद्ध मुद्दा दायर भएको थियो ।

शेयर गर्नुहोस:

135
Shares