मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई सुझाव

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्री लामिछानेलाई सुझाव

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वमन्त्री आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं संघीय सांसद् प्रभु साहले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

देशका युवालाई यदि नेपालमै रोजगार दिन सकिँदैन भने कुर्सीमा बस्ने अधिकार नभएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिएका हुन् । मंगलबार प्रतिनिधिसभाको बसेको बैठकमा आर्थिक वर्ष २०८१र०८२को बजेटमा आफ्नो सुझाव राख्दै नेपालमै रोजगारको सृजना गर्नुपर्ने र विदेशमा रोजगारका लागि गएकालाई नेपाल फर्काएर नेपालमै रोजगार दिनुपर्ने विषय बजेटमा समावेश नगरिएको उनले टिप्पणी गरेका छन् ।

‘रोजगारको अधिकार मौलिक अधिकार हो । अहिले नेपालमा बैदेशिक रोजगार प्रवर्द्धन बोर्ड बनाइएको छ । के नेपालमा रोजगार प्रवर्द्धन गर्न सकिँदैन ? विदेशमा रोजगार प्रवर्द्धन गर्ने तर नेपालमा रोजगार प्रवर्द्धन गर्नै नहुने ? गृहमन्त्री लामिछानेलाई संकेत गर्दै साहले भने, ‘तपाईंहरुले त भन्नुभएको थियो । लाखौँ नेपालीलाई नेपाल ल्याउँछु, फर्काउछु । कार्यक्रममा त देखिएन ।

लाखौँ नेपालीलाई फर्काउने कार्यक्रम चाहिएको छ यति बेला । यदि तपाईंले रोजगारी दिन सक्नुहुन्न भने नैतिकताले त्यहाँ बस्न मिल्दैन् । संविधानले त्यही भन्छ । यदि रोजगार दिनसक्नुहुन्न भने बेरोजगारलाई बेरोजगारी भत्ता दिनुस् । ती बेरोजगारहरु पनि बाँच्न पाउनुपर्छ । यसमा सरकारको गम्भीरता देखिएन ।’

यस्तै, नेपालमा कार्यरत घरेलु कामदारको हकअधिकारका लागि कानुन निर्माणका लागि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ठूलाबडाको घरमा कार्यरत घरेलु कामदार पनि नेपाली नै भएकाले उनीहरुको बारेमा समेत यो बजेटले सम्बोधन गर्नुपर्ने भए पनि सम्बोधन नभएको साहले बताए ।

‘ठूलाबडाको घरमा काम गर्नेहरु (घरेलु कामदार) पनि नेपाली नै हुन् । उसले पनि यो संविधानमा, यो राज्यमा आफ्नो हक राख्छ । तर, उनीहरुसंग किन विभेद गरियो ? राज्यको जागिर गर्ने सरकारी कर्मचारीको जागिर स्थायी हुनुपर्ने । फ्याक्ट्र, उधोगमा काम गर्नेको हकअधिकार सुरक्षित हुनुपर्ने । ट्रेड युयिनयनको अधिकार पाउनुपर्ने’ साहले भने, ‘तर ठूलाबडाको घरमा काम गर्नेहरु विश्वासको आधारमा काम गर्नुपर्ने ? जीवन अन्योल र अनिश्चितताको बाँच्नुपर्ने ? निगाहको जिवन बाँच्नुपर्ने ? त्यसमा हामीले सामनता ल्याउनु हुदैन ? अहिलेको बजेटमा अपेक्षा गरेका थियौँ कि तिनीहरुको हकअधिकार सुनिश्चित हुने उनीहरु पनि सम्मानका साथ काम गर्न पाउँने किसिमको हुनुपर्ने तर त्यो देखिएन् । हामी चाहन्छौँ घरेलु कामदारसम्बन्धी ठोस कानुन ल्याउनुस् । उनीहरुको भविष्यको ग्यारेन्टी गर्नुस् ।’

यस्तै, शिक्षामा असमानता र सम्प्रदायिक रहेको भन्दै उनले नेपालमा गुणस्तरीय शिक्षाको व्यवस्था हुनुपर्ने माग गरे । त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र र भ्रष्टाचार गर्ने अखडा बनेको टिप्पणी साहले गरेका छन् । साहले नेपालको विश्वविद्यालय विहारभन्दा नि गएगुज्रेको भइसकेको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए ।

सम्प्रदायिक सोचबाट माथि उठन जरुरी छ । यो त्रिभुवन विश्वविद्यालय सहितका विश्वविद्यालयहरु राजनीतिक दलको भर्ती केन्द्र भएको छ । राजनीतिक पार्टीको भागबण्डाको सिकार भएको छ । भ्रष्टाचारको अड्डा बनेका छन्’ साहले प्रश्न गरे, ‘हरेक पालिकामा उच्च शिक्षा चाहिँदैन ? कम्तिमा जिल्लामा त आंगिक कलेज दिनुस् । विश्वविद्यालयहरुको स्तर उठाउनुस् । हामी कुनै बेला सुन्थ्यौं बिहारको शिक्षा खराब छ तर अहिले नेपालको विश्वविद्यालयहरु त्यो भन्दा पनि गएगुज्रेको भयो । मान्छेहरुले यहाँ भविष्य देख्नै छोड्यो । विदेश पलाय बढिरहेको छ त्यसलाई रोक्ने गरी बजेट आउनुपर्थ्यो ।’

यस्तै, साहले किसानका तराई मधेसमा कोल्ड स्टोर निर्माण हुनेगरी बजेट आउनुपर्नेमा त्यस्तो नभएको टिप्पणी गरेका छन् । ‘हामी चाहन्छौँ सरकारले किसानलाई पेन्सन देओस् । किसानको समस्या देखोस्’ साहले भने, ‘तराई, मधेशमा कोल्ड स्टोर नहुँदा किसानलाई समस्या परिरहेको छ । सरकारले त्यता ध्यान नदिँदा किसानको ढाड भाँचिएको छ ।’ एनके