मौसममा सुधार आएपछि धौलागिरि आरोहण पुनः सुरू

म्याग्दी । मौसममा सुधार आएपछि धौलागिरि हिमालको चालु शरदयामको आरोहण पुनः सुरु भएको छ । प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेको हो । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमाल म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको भूगोलमा पर्छ । डोरी टाँग्ने (रोप फिक्सिङ) टोली क्याम्प…