काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाका अध्यक्षहरूले महाधिवेशन गराउन नसक्ने भए घरतिर लाग्न निर्देशन दिएका छन् । पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर यो अवधिभित्र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो अधिवेशन मंगलबारबाट काठमाडौँमा सुरु भएको छ…