मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

इँटा लोड गरेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु

इँटा लोड गरेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

चितवन । राप्ती नगरपालिका वडा नं–५, खहरे पुलस्थित पूर्व–पश्चिम राजमार्गमा इँटा लोड गरेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु भएको छ ।

सडक छेउमा रोकिराखेको गण्डकी प्रदेश ०४–००१ ख ००५१ नम्बरको इँटा लोड गरेको ट्रकमा डडुवाबाट भण्डारातर्फ जाँदै गरेको बा ७ च २७१७ नम्बरको कार ठोक्किँदा कार चालक भरतपुर–११ बस्ने ६५ वर्षीय बद्रीप्रसाद भट्टराई गम्भीर घाइते भएका थिए ।

Advertisement

टाउको र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भट्टराईको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचारका क्रममा शुक्रबार बिहान ५ः२५ बजे मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालक नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं–२ बस्ने ३४ वर्षीय गोविन्द महतो र सहचालक सोही ठाउँ बस्ने २६ वर्षीय खड्कनारायण महतोलाई प्रहरी नियन्त्रणमा लिइएको र दुवै सवारीसाधन घटनास्थलमै रहेको जनाएको छ ।

शेयर गर्नुहोस:

108
Shares