नेपाल

इँटा लोड गरेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु

इँटा लोड गरेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

चितवन । राप्ती नगरपालिका वडा नं–५, खहरे पुलस्थित पूर्व–पश्चिम राजमार्गमा इँटा लोड गरेको ट्रकमा ठोक्किएर कार चालकको मृत्यु भएको छ ।

सडक छेउमा रोकिराखेको गण्डकी प्रदेश ०४–००१ ख ००५१ नम्बरको इँटा लोड गरेको ट्रकमा डडुवाबाट भण्डारातर्फ जाँदै गरेको बा ७ च २७१७ नम्बरको कार ठोक्किँदा कार चालक भरतपुर–११ बस्ने ६५ वर्षीय बद्रीप्रसाद भट्टराई गम्भीर घाइते भएका थिए ।

Advertisement

टाउको र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भट्टराईको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचारका क्रममा शुक्रबार बिहान ५ः२५ बजे मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालक नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं–२ बस्ने ३४ वर्षीय गोविन्द महतो र सहचालक सोही ठाउँ बस्ने २६ वर्षीय खड्कनारायण महतोलाई प्रहरी नियन्त्रणमा लिइएको र दुवै सवारीसाधन घटनास्थलमै रहेको जनाएको छ ।