मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार चेपाङ दम्पती घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार चेपाङ दम्पती घाइते

हिमालय खबर

शेयर गर्नुहोस:

54
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । खैरहनी नगरपालिका वडा नं–९, सिमलटाँडी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक चेपाङ दम्पती घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६०० नम्बरको ट्रकले ना ४८ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती–१० बस्ने ३५ वर्षीय सन्देश चेपाङ र मोटरसाइकलपछाडि सवार निजका श्रीमती ३४ वर्षीया सीमा चेपाङ घाइते भएका हुन् ।

दुवै घाइतेको स्थानीय चौधरी मेडिकलमा उपचार भइरहेको र उपचारमा निजका आफन्त संलग्न रहेका छन् । दुवै सवारीसाधन र ट्रक चालक राप्ती–७ बस्ने २५ वर्षीय इन्द्रलाल पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।