मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

‘फेसबुक लाइभ’ गरी त्रिशूली नदीमा बेपत्ता युवकको शव फेला

‘फेसबुक लाइभ’ गरी त्रिशूली नदीमा बेपत्ता युवकको शव फेला


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font
  • change font

चितवन । इच्छाकामना गाउँपालिका वडा नं–५ स्थित तीन नम्बर पुल र कालिखोलाको बीच त्रिशूली नदीमा बेपत्ता युवकको शव फेला परेको छ ।

यही फागुन १२ गते दिउँसो २ः४५ बजे इच्छाकामना गाउँपालिका वडा नं–४, केबलकारस्थित त्रिशूली नदीमा नामथर, वतन नखुलेको पुरुष व्यक्तिलाई नदीले बगाएको खबर प्राप्त हुनासाथ विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास जारी राखेको थियो ।

Advertisement

प्रहरी टोलीले त्रिशूली नदीकिनारमा झोला, ज्याकेट, मोबाइल र पैसा फेला पारेको थियो । प्रहरीले घटनास्थलबाट काठमाडौँ कीर्तिपुर बस्ने २६ वर्षीय युवराज रिजाल रहेको निर्क्योल गरेको थियो । अविवाहित रहेका युवराजले फेसबुक लाइभ गरी त्रिशूली नदीमा गएको निजको दिदीले देखेको पनि प्रहरीले जनाएको छ ।

यही फागुन २२ गते बिहीबार बेलुकी ५ः५५ बजे इच्छाकामना गाउँपालिका वडा नं–५ स्थित तीन नम्बर पुल र कालिखोलाको बीच त्रिशूली नदीमा युवकको शव फेला परेको हो । शवको मृतकका बुबा तिलक रिजालले सनाखत गरेका छन् ।

प्रहरीले शवको मुचुल्कापश्चात् बिहीबार बेलुकी ९ः०० बजे पोस्ट मार्टमका लागि भरतपुर सरकारी अस्पतालमा पठाइएको जनाएको छ ।

शेयर गर्नुहोस:

270
Shares