काठमाडौँ । नेपाली कांग्रेसले सरकारले संसद् चल्न नदिनेतर्फ उद्धत हुँदै गएको निष्कर्ष निकालेको छ । शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद् पनि चल्न नदिनेतर्फ उद्धत भएको…