मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

नागरिकता खोई अभियानले अमेरिकाका विभिन्न शहरमा कार्यक्रम गर्ने

नागरिकता खोई अभियानले अमेरिकाका विभिन्न शहरमा कार्यक्रम गर्ने

शनिवार टेक्सस ड्यालसमा अन्तरकृया हुने

हिमालय खबर

शेयर गर्नुहोस:

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका- विदेशमा वस्ने नेपालीको नेपाली नागरिकताको निरन्तरताका लागि छलफल गर्न आउने शनिवार (मार्च १५ तारिख) मा टेक्सस ड्यालसमा अन्तरकृया कार्यक्रम हुने भएको छ ।

विदेशमा वस्ने नेपालीका लागि नेपालमा प्राप्त गरेको नागरिकता निरन्तरता हुन पर्छ भनेर अभियान संचालन गरिरहेको नागरिकता खोई र एनआरएनए अमेरिका टेक्सस च्याप्टरको संयुक्त पहलमा उक्त कार्यक्रम हुन लागेको हो ।

नागरिकता खोई अभियानले विदेशमा वस्ने नेपालीले नेपालमा हुदां पाइसकेको बंशजको नेपाली नागरिकता सधै रहनुपर्ने माग राख्दै आएको छ । यसै विषयमा अमेरिकामा नेपाली समुदायसंग छलफल गर्ने हाम्रो योजना हो नागरिकता खोई अभियानका संयोजक वासुदेव घिमिरेले भने ।

अमेरिकामा ड्यालसवाट उक्त कार्यक्रमको सुरुआत गर्न लागिएको हो । यस पछि ह्युस्टन लगायत अमेरिकाका अन्य विभिन्न शहरमा अन्तृकया हुने घिमिरेले जानकारी दिए ।

नेपाल सरकारले हाल विदेशमा त्यहांको नागरिकता लिएका नेपालीलाई गैर आवासीय नागरिकता प्रदान गर्दै आएको छ । यो नागरिकता लिई नेपाल जांदा भिषा समेत लिनुपर्ने व्यवस्थाले यसको औचित्य माथि नै प्रश्न उठिरहेको छ ।

एनआरएनए टेक्सस च्याप्टर अध्यक्ष दिपेन्द्र गुरागाईंले नागरिकताको निरतन्रता नै अहिले विदेशमा वस्ने नेपालीले उठाउनु पर्ने मुख्य मुद्दा भएको वताए । यही भएर संयुक्त रुपमा अन्तकृया गर्न लागिएको हो उनले भने ।

एनआरएन नागरिकता लिने नेपालीलाई अधिकार दिने सवालमा तेस्रो दर्जाको नेपाली वनाईएको छ । राजनीतिक अधिकारी दिईएको छैन । यस वाहेक आर्थिक अधिकारमा पनि केही वन्देजहरु लगाईएको छ ।

एनआरएन नागरिकता होइन अव वंशजको नागरिकता नै निरन्तरता हुनुपर्छ भनेर नागरिकता खोई अभियानले विभिन्न पहल गरिरहेको छ । वंशजको नागरिकता निरन्तरताले आउने केही बर्ष भित्र हज्जारौं नेपाली नेपाल फर्किने दावी अभियानको छ । यसरी फर्किने नेपालीले पैसा र सिप दुवै लिएर जाने छन् घिमिरेले भने यसले नेपालको अर्थतन्त्रलाई बलियो वनाउने छ ।

केही महिना अघि नेपालका विभिन्न राजनीतिक पार्टीका नेतालाई भेटेर वंशजको नागरिकताको निरन्तरता हुदां देशलाई हुने फाइदाको वारेमा जानकारी दिईरहेको छ । वंशजको नागरिकताको निरन्तरता विदेशमा रहेका नेपालीको भन्दा पनि नेपालको आवश्यकता हो घिमिरेले भने हामीले कांग्रेस, एमाले, माओवादी, राप्रपा, रास्वपा लगायतका पार्टीका नेताहरुलाई यही वुझाउने प्रयास गरिरहेका छौं ।

अव हाम्रो यो अभियानको विषय संसद भित्र समेत प्रवेश पाएको छ घिमिरे भने विदेशमा वस्ने सवै नेपालीले एक जुट भएर कुरा उठाउने हो भने हामी सार्थक नतिजा प्राप्त गर्न सक्छौं भन्ने मलाई लाग्छ ।

यो अभियान अन्तर्गत कांग्रेस नेता शेखर कोइरला, विश्वप्रकास शर्मा, एमालेका वरिष्ठ नेताहरुलाई घिमिरेले नागरिकता खोई अभियानको विषयमा जानकारी गराएका थिए ।

अमेरिकाका विभिन्न शहरमा हुने कार्यक्रम र त्यहां वस्ने नेपाली समुदायको सहयोगले यो अभियानलाई अझ शसक्त र प्रभावकारी वनाउने छ घिमिरेले भने ।

मार्च दोस्रो साता ड्यालसबाट सुरु हुने कार्यक्रम अमेरिकाका बिभिन्न शहरहरुमा हुनेछन् । अभियानले मार्च १५ मा ड्यालस , मार्च १६ मा ह्युस्टन र मार्च २२ मा लसएन्जलसमा अन्तरक्रिया कार्यक्रमको तयारी गरेको जानकारी दिएको छ । अन्य स्थानको कार्यक्रमको मिति भने केही समयपछि तोकिने जनाइएको छ ।