काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासनको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले विगतको तुलनामा यो पटकको बजेट सन्तुलित र अनुशासित भएको उल्लेख गरे । “आजको आवश्यकता आर्थिक अनुशासनको हो, बजेट तुलनात्मक रूपमा…