मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

झापा । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको संक्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ। निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु संक्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताइन्। पहाडी जिल्लामा डेङ्गु संक्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्यांकले देखाएको छ ।

हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको संक्रमण देखिएको उनले जानकारी दिइन् ।

Advertisement

उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेङ्गुको संक्रमण ३० गुणाले बढेको पाइएको बताइन् । उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताइन्।

निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेङ्गुको संक्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरिन् । ‘डेङ्गु हुनबाट बच्ने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिने हो’, उनले भनिन्, ‘घर वरिपरि सफा राख्ने र पानी जम्ने भाँडाकुँडा हटाउने गरेमा पनि एडिज जातको लामखुट्टेबाट बच्न सकिन्छ ।’

असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेङ्गुको लक्षण रहेको उनको भनाइ छ। यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेङ्गु संक्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने उनले बताइन् ।

शेयर गर्नुहोस:

81
Shares