विर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको मौलिक पर्व, परम्परा र विविध संस्कृतिको संरक्षण संघीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार भएको बताएका छन् । झापाको मेचीनगरस्थित धाइजनमा आयोजित लोपोन्मुख मेचे समुदायको राष्ट्रिय पर्व वैशागु बथर तथा वृहत् जनसांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सबै जातजातिको धर्म, संस्कृति, रीतिरिवाज खुलारूपमा मनाउन पाउनु गणतन्त्रको देन भएको उल्लेख गरेका…