पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्न डा महतको आग्रह

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्थाकेन्द्रित गतिविधि गर्नु जरूरी रहेको बताएका हुन् । उनले भने, “पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ…