काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौंको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो। समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको संघलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए। ‘विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको…