मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

कांग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुन्छ : नेता कोइराला

कांग्रेसमा युवालाई आबद्ध गराए लोकतन्त्र बलियो हुन्छ : नेता कोइराला


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसमा युवाहरुलाई आबद्ध गराए लोकतन्त्र बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर–४ वडा समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा उनले लोकतन्त्रको स्थायित्वका लागि कांग्रेसप्रति युवाको आकर्षण बढाउन सुझाव दिए । प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता डा कोइरालाले ‘लोकतन्त्रको पर्यायवाची नै कांग्रेस भएकाले लोकतन्त्र कमजोर भएमा लोकतन्त्र र देश कमजोर हुने धारणा राखे ।

Advertisement
ADVERTISEMENT

उनले भने, “लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवामा जनचेतना जागृत गराउनु आजको आवश्यकता हो ।”, नेता डा कोइरालाले जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने बताउँदै अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए

राजनीतिक दलको नेता भएपछि अन्य दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुसित आफूले भेटघाट एवं छलफल गरेको बताए ।

सो अवसरमा ७२ वर्ष उमेर पार गरेका ज्येष्ठ क्रियाशील सदस्यहरु सुरेश तिम्सिना, सीयाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, नखबहादुर खड्का, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

शेयर गर्नुहोस:

297
Shares