रसुवा बाढीमा सम्पर्कविहीन पत्रकार थामीको अन्त्येष्टि

काठमाडौँ । भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि सम्पर्कविहीन भएका थिए । दोलखाको कालिन्चोक गाउँपालिका–२, बाबरेमा २०४२ साल जेठ १४ गते जन्मिएका थामीको प्रतीकात्मक शवमा उनका पिता डीलबहादुर थामीले दागबत्ती दिए । दुई दशकभन्दा लामो समयदेखि…