साउन २४ मा कांग्रेसको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले आगामी साउन २४ गते आइतबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएका बेला यो बैठक बोलाइएको हो । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार विज्ञप्ति जारी गर्दै बैठक साउन २४ गते दिउँसो १ः०० बजे ललितपुरस्थित…