काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्नेमा पनि जोड दिएका छन् । पौडेलको सन्देशमा भनिएको छ,…