मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

चितवनमा ६४.१२ प्रतिशत मत खस्यो, पुरुषभन्दा ७ प्रतिशत महिला मतदाता बढी

चितवनमा ६४.१२ प्रतिशत मत खस्यो, पुरुषभन्दा ७ प्रतिशत महिला मतदाता बढी


शेयर गर्नुहोस:

702
Shares

  • change font
  • change font
  • change font

चितवन । आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन २०८२ मा चितवनमा ६४ प्रतिशत भन्दा धेरै मत खसेको छ । चितवनको तीन क्षेत्रमा गरेर कुल २ लाख ८३ हजार ४ सय २८ अर्थात् ६४.१२ प्रतिशत मत खसेको हो ।

जिल्लास्थित निर्वाचन कार्यालयले निकालेको तथ्याङ्कअनुसार ४ लाख ४४ हजार २ सय ८२ मतदाता रहेका थिए । जसमा तीन वटै क्षेत्रमा गरेर १ लाख ५१ हजार १ सय ३५ महिला र १ लाख ३२ हजार २ सय ९३ पुरुष मतदाताले मतदान गरेका हुन् । दुई जना अन्य लैङ्गिक समूहका मतदाता भए पनि उनीहरूले मतदान नगरेको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।

Advertisement

जिल्लामा खसेको मतदानका आधारमा हेर्दा सबैभन्दा धेरै निर्वाचन क्षेत्र नम्बर ३ मा खसेको छ । जसमा कुल ६४।४६ प्रतिशत मत खसेको हो । यो क्षेत्रमा जिल्लाभरमा नै बढी मतदाता पनि रहेका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ मा ६४.२६ प्रतिशत र निर्वाचन क्षेत्र नम्बर २ मा सबैभन्दा कम ६३.५९ प्रतिशत मत खसेको हो । महिला र पुरुषको मतदाता तथ्याङ्क हेर्दा महिला मतदाता ६७.२५ प्रतिशत र पुरुष मतदातामध्ये ६०.८९ प्रतिशतले मतदान गरेको देखिएको छ । यो मतसंख्यामा करिब ७ प्रतिशत महिला मतदाताको मत बढी खसेको हो ।

चितवनमा माडी इच्छाकामना लगायतका भौगोलिकरूपमा मतगणना स्थलबाट टाढा रहेका मतदान स्थलबाट मतपेटिका आइपुगेपछि मतगणना गर्ने तयारी गरिएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलले मतपेटिका आइपुगेपछि सर्वदलीय सहमतिअनुसार मतगणना सुरू गर्ने जानकारी दिए ।

शेयर गर्नुहोस:

702
Shares