काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रबुद्ध संविधानविद् र कानुनविद्हरूसँग सघन छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र कार्यदल–२०८२’ ले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुझाव संकलन गरेको हो । छलफलमा कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले संविधान संशोधनका आवश्यक विषयमा प्रस्तुति दिए ।…