न्युयोर्क

न्युयोर्कको नेपाल डे परेडको आर्थिक प्रतिवेदन सार्वजनिक

न्युयोर्कको नेपाल डे परेडको आर्थिक प्रतिवेदन सार्वजनिक

सहयोग रकम खर्च भन्दा धेरै भएको दावी


न्युयोर्क (अमेरिका)- गत मे १७ तारिखमा भएको नेपाल डे परेड २०२६ को समिक्षा सहित आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ । न्युयोर्कमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल डे परेड आयोजकका तर्फबाट आर्थिक प्रतिवेदन सहित खर्च र आम्दानीको जानकारी दिइएको हो ।

नेपाल डे परेड २०२६ का आर्थिक सँयोजक कृष्ण लामिछानेले दिएको जानकारी अनुसार परेडकालागि ३८ हजार दुई सय ७३ सहयोग जुटेको छ । त्यसैगरी परेडकोे लागि ३४ हजार ६ सय ६२ भएको छ । परेडका लागि सहयोगकोे कबुल गरिएको केही रकम अझै उठ्नेक्रममा रहेको लामिछानेले जानकारी दिनुु भयो । उठ्न बाँकी रकम सहित परेडमा भएको खर्च कटाउँदा अहिलेसम्म ४ हजार नौ सय ६७ बचत देखिएकोे कार्यक्रममा जानकारी दिइएकोे थियो । त्यसमा अझै केही खर्च हुन सक्ने सँयोजक लामिछानेले अनुमानपनि गर्नु भयो ।

Advertisement

सो कार्यक्रमका प्रमुख अतिथि एवंं न्युयोेर्क स्थित नेपाली महाबाणिज्य दुत दधिराम भण्डारीले नेपाली समुदायको हित र प्रवर्दनमा दुतावास संधै अग्रसर रहने प्रतिवद्धता जनाउनु भयो । राजदुत भण्डारीले परेड सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै परेडलाई अझै व्यापक र समावेशी बनाउन पेशागत रुपमा सफल नेपालीहरुका संस्था तथा व्यक्तिहरुलाई समेट्न सकिने सुझाव दिनु भयो । न्युयोर्क जस्तो स्थानमा न्युयोर्क राज्यका पदाधिकारीहरुलाईपनि समेट्ने प्रयास गर्न र त्यसमा कन्सुलेटको सहयोग सदैव रहने उहाँले जनाउनु भयो ।

नेपाल डे परेडका अध्यक्ष एवं एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले परेडका बारे आएका केही सुझावहरुलााई मनन गरिएको तथा आगामी दिनमा अझै परिष्कृत तथा सुधार गरेर जाने प्रतिबद्धता व्यक्त गर्नु भयो । अध्यक्ष लामिछानेले यसपालीकोे परेडमा फिप्ना लगायत अधिकांश संस्थाहरुको सहभागिता गराउन सकेकोेमा खुशी व्यक्त गर्दै परेडमा सहभागी र सहयोगी सबैलार्ई धन्यवाद दिनुुभयो ।

त्यसैगरी नेपाल डे परेडका कन्भेनर एवंं नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्प्नाका अध्यक्ष एपी लामा शेर्पाले नेपालको झल्को दिने तथा नेपालका विभिन्न जातीय र भाषीय पहिचानलाई समेटेर नेपाल डे परेड ऐतिहासिक बनेको जनाउंदै सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नु भयो । एनआरएए, महावाणिज्य दुतावास एवं फिप्नाको सहकार्यले नेपालीहरुको एकतालाईपनि प्र्रमाणित गरेको बताउंदै शेर्र्पाले आगामी दिनमापनि नेपाली समुदायको एकता कायम रहने प्रतिवद्धता व्यक्त गर्नु भयोे ।

न्युयोर्क स्थित महाबाणिज्य दुत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व नेपाल डे परेडका अध्यक्ष एवं एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले गर्नु भएको थियो ।

नेपाल डे परेड आयोजक समितिद्वारा परेड आयोजनाकोे लागि विभिन्न समितिमा रहेर योगदान गर्ने, आर्थिक तथा भौतिक सहयोगदाताहरुलाई सम्मानपनि गरिएको थियो ।

न्युयोर्कमा सम्पन्न नेपाल डे परेडका आयोजकहरुमा एनआरएनए, न्युयोर्क च्याप्टर र नेपाल आदिवासी जनजाती महाँसँघ अमेरिका फिप्ना रहेका छन भने न्युयोर्क स्थित महाबाणिज्य दुतावास संरक्षक रहेको छ ।