कांग्रेस केन्द्रीय कार्यालयमा भएको प्रदर्शनप्रति ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा मंगलबार गरिएको प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताएका छन् । कार्यालय परिसरमा पार्टीका नेता विमलेन्द्र निधिलाई लक्षित गरी केही कार्यकर्ताले गरेको होहल्ला र नाराबाजीप्रति ध्यानाकर्षण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षका केही नेताहरुले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनलाई बदनाम गर्ने उद्देश्यले उक्त घटनालाई अतिरञ्जितरूपमा प्रस्तुत…