खेलकुद

विश्वकप फुटबल : स्पेन र केप भर्डे नकआउट चरणमा

विश्वकप फुटबल : स्पेन र केप भर्डे नकआउट चरणमा


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । यो जितपछि स्पेन समूह एचमा ७ अङ्क जोडेर समूह विजेता बनेको छ ।

स्पेनका लागि एलेक्स बायनाले मात्र एक गोल गरे । दुई पूर्व विजेताबीचको खेलमा उरुग्वेका लागि समूह चरण पार गर्न जित निकाल्नुपर्ने बाध्यता थियो । समूहको अर्को खेलको नतिजा आफूअनुकल भएमा बराबरी पनि पर्याप्त हुन सक्थ्यो ।

Advertisement

तर, उरुग्वेका लागि स्पेनसँगको हार नै महँगो पर्‍यो । समूहमा दुई बराबरी र एक हारबाट उरुग्वेको २ अङ्कसहित तेस्रो स्थानमा रह्यो । अर्को खेलमा केप भर्डेले साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्डे विश्वकप डेब्युमे समहु चरणमा अपराजित रहेर नकआउट चरणमा प्रवेश गरेको छ ।

तीनै खेल बराबरी खेलेको केप भर्डे ३ अङ्क जोडेर समूह उपविजेता बन्यो ।

समूह एचमा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो । यो समूहबाट ७ अङ्क बटुल्दै स्पेन समूह विजेता बन्यो ।