काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा सांसदहरूले सुकुमवासी समुदायको समस्या तत्काल समाधान गर्न सरकारलाई सक्रिय हुन आग्रह गरेका छन् । उनीहरूले योजनाविहीन व्यवस्थापन र बस्ती हटाउने कार्यले सुकुमबासी थप समस्यामा परेका बताए । बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुकुमवासीको उचित व्यवस्थापन हुन नसक्दा उनीहरू मानसिक…