राजनीति-समाज

अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो

अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइयो


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

कपिलवस्तु । कपिलवस्तुमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम तौलिहवास्थित नगरपालिकाको जमुवार नदीलगायत जिल्लाको वाणगङ्गाको रामघाट नदी, कृष्णनगर सुरही नदी र तालहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ मनाइएको हो ।

अर्घ दिनुअघि नदी किनारामा पूजास्थल निमार्ण गरी प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरू, पिठो र गुडबाट बन्ने ठकुवा, चामलको पिठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरीलगायत पकवानका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखैसँगको अदुवालगायत सामग्री र फलफूलको प्रसाद राखी पूजा गरिएको छ ।

Advertisement

गत वर्षहरूको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवालगायत आसपासका क्षेत्रमा छठ पर्व मनाउने महिलाको सङ्ख्या बढ्दै गएको छ ।

विशेष गरी नेपालका पूर्वी तराई जिल्लाबाट बसाइँसराइ गरी आएका तथा जागिरका क्रममा कपिलवस्तुमा रहेका महिलाबाट सुरु भएको यो पर्व विस्तारै यस क्षेत्रका मैथली, अवधि तथा पहाडी समुदायका महिलाले पनि धुमधामका साथ मनाउन थालेका छन् ।