तीन महिनामै एक खर्ब ऋण लिँदै सरकार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ मा चार खर्ब १० अर्ब रूपैयाँ आन्तरिक ऋण परिचालन गर्ने विस्तृत वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार वर्षभरि ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत चरणबद्ध रूपमा ऋण उठाइने छ । कार्यालयका अनुसार वार्षिक तालिका सार्वजनिक गर्नुको मुख्य…