बिजनेस/ इकोनोमी

उद्योग संरक्षण र लगानी सुरक्षामा केन्द्रित हुन्छौँ : मुख्यमन्त्री थापा

उद्योग संरक्षण र लगानी सुरक्षामा केन्द्रित हुन्छौँ : मुख्यमन्त्री थापा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशभित्रका उद्योगको संरक्षण, सञ्चालन र लगानी सुरक्षाका लागि प्रदेश सरकार निजी क्षेत्रसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक भौतिक संरचना, बजेट तथा नीतिगत व्यवस्थामा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

Advertisement

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका केही उद्योग बन्द हुने अवस्थामा पुगेको र केही उद्योग कच्चापदार्थको अभावलगायत समस्याबाट प्रभावित भएको उल्लेख गर्दै उनले रुग्ण तथा सञ्चालन गर्न सकिने उद्योगका लागि आवश्यक नीति ल्याइने बताए ।

“प्रदेश सरकार करको दर बढाउनेभन्दा करको दायरा बढाउनेतर्फ लाग्नेछ”, उनले भने, “उद्योग–व्यवसाय सञ्चालनमा देखिएका समस्याको समाधानमा समन्वय र सहकार्य गर्नेछ ।”

उनले नयाँ उद्योग स्थापनालाई प्राथमिकता दिँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुपर्ने बताए । कानुनी प्रक्रिया पूरा गरेर स्थापना भएका उद्योगलाई विभिन्न कारणले अवरोध गर्ने प्रवृत्तिले व्यवसायीलाई हतोत्साहित बनाउने भन्दै उद्योगको संरक्षण र लगानी सुरक्षामा सरकार केन्द्रित हुने बताए ।

मुख्यमन्त्री थापाले हालैको विपद्का कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक सडक सञ्चालनका लागि प्रदेश सरकारले काम गरेको उल्लेख गरे । उनले प्रभावित क्षेत्रमा पुन:स्थापना र पुनर्निर्माणमा तीनै तहका सरकार केन्द्रित हुने बताए ।