देहरादुनमा पहिरो जाँदा १० नेपालीको निधन

देहरादुन, भारत । देहरादुनको भित्री पहाडी बस्तीमा आइतबार राति आएको हावाहुरीबाट जोगिन ओडारमा बास बस्न पुगेका नेपाली कामदारमध्ये १० जनाको ओडारै ढाक्ने गरी आएको पहिरोले थिच्दा घटनास्थलमै मृत्यु भएको छ ।   देहरादुनस्थित नेपाली समाजका प्रतिनिधि सूर्यविक्रम शाहीका अनुसार बाँके कोहलपुरका दीपक मगर, उनकी श्रीमती कुमारीदेवी, छोरीद्वय सरजना र तारा तथा छोरा भरतबहादुरसहित परिवारका सबैको…