म्युनिख— लुफ्थान्सा एयरलाइन्सको एउटा जहाज ड्रोनसँग ठोक्किनबाट जोगिएको छ। पोल्यान्डको वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा लुफ्थान्साको जहाजभन्दा १ सय मिटर नजिक ड्रोन आइपुगेको थियो। जर्मनीको म्युनिखबाट उडेको विमानमा १०८ यात्रु थिए। अवतरण गर्ने क्रममा रहेको जहाज अगाडि ड्रोन उडिरहेको देखेपछि पाइलटले एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएका थिए। पाइलटको आग्राहमा ट्राफिक कन्ट्रोलले जहाजलाई बाटो…