नेपाल र भारत ‘इनर्जी बैंकिङ’ स्थापना गर्ने

काठमाण्डौ - दुई देशबीच विद्युत आदानप्रदानका लागि ‘इनर्जी बैंकिङ’ स्थापना गर्न नेपाल र भारत सहमत भएका छन् । पोखरामा सम्पन्न दुई देशबीचका सचिवस्तरीय बैठकले यस्तो सहमति गरेको हो ।    बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले संयुक्त रुपमा तयार पारेको ‘इनर्जी बैंकिङ’ सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्दै यसको कार्यान्वयनका लागि आवश्यक नियम जारी…