नयाँ दिल्ली, आषाढ २२ । विमानभित्र बम रहेको सूचनाका आधारमा बैंककबाट इस्तानबुलका लागि उडेको टर्कीस एअरलाइन्सको विमानलाई मंगलबार अपरान्ह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको छ । विमानभित्र बम रहेको भन्दै पाइलटले एयर ट्राफिक कन्ट्रोलरलाई सूचना दिएपछि आपतकालीन अवतरणका लागि अनुमति दिइएको विमानस्थल स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।…