काठमाडौँ । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले संस्था टाट पल्टन सक्ने जोखिममा रहेको भन्दै सरकारसँग तत्कालै आर्थिक सहायता माग गरेको छ । संस्थाका अध्यक्ष मदन खरेलले बिहीबार स्वेतपत्र जारी गर्दै निगमको कर्जा अत्यधिक रहेको र ब्याज पनि धेरै भुक्तानी गर्नुपर्ने भएकाले सरकारले तत्काल आर्थिक सहायता दिएर निगमको जोखिम कम गर्नुपर्ने बताएका हुन् । …