चितवन । भरतपुर महानगरपालिकाले चितवनको लायन्सचोकस्थित तरकारी मण्डी भएको ठाउँमा बहुउद्देश्यीय व्यापारिक भवन बनाउने भएको छ । यसका लागि ८ महिनादेखि थालेको प्रक्रियाअन्तर्गत नक्सालाई महानगरले अन्तिमरुप दिन लागेको हो । अन्डरग्राउन्ड पार्किङसहित १२ तलासम्मको व्यापारिक भवनमा बैंक तथा वित्तीय संस्था, मनोरञ्जन, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, बाल उद्यानलगायत मानवजीवनका आवश्यक पर्ने सबै वस्तु…