चितवन । भरतपुरमा गणेशधाम निर्माणका लागि १० करोड ८० लाख रुपैयाँ आर्थिक संकलन भएको छ । मंसिर २२ गतेदेखि २९ गतेसम्म संचालन भएको महायज्ञबाट सो रकम संकलन भएको हो । शनिबार आयोजित समापन कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर एवं समापन समारोहकी प्रमुख अतिथी मेयर रेनु दाहालले महानगरको तर्फबाट १ करोड रुपैयाँ सहयोगको घोषणा गरेकी छन् । …