तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग ९मिलेनियम ट्रेक०मा सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालिएको छ । नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल २०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेका अवस्थामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायतमा सक्रिय बनेको हो…